मन्त्रीकाे स्वागतमा उभिन विद्यार्थीहरूलाई हेडसरकाे निर्देशन

मन्त्रीकाे स्वागतमा उभिन विद्यार्थीहरूलाई हेडसरकाे निर्देशन

रौतहटको चन्द्रपुर नगरपालिका-८ स्थित शुभलाल माध्यमिक विद्यालयले पठनपाठन बन्द गरेर विद्यार्थीलाई मन्त्रीको स्वागतमा सहभागी गराएको छ ।

उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा लागेका उर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथि रहेको कार्यक्रममा विद्यालय बन्द गरेर विद्यार्थी लगिएको हो । चन्द्रपुर-९ मै रहेको जन्मोत्सव पार्क शिलान्यास गर्न घिसिङ आज दिउँसो त्यहाँ पुगेका थिए । 

त्यसक्रममा मान्छेको उपस्थिति धेरै देखाउन विद्यालयमा कक्षा ६ देखि १० सम्म पढ्ने विद्यार्थीलाई कार्यक्रममा सामेल गराइएको बताइएको छ । हेडसरले मन्त्रीको कार्यक्रममा जानुपर्छ भनेर ल्याएको कार्यक्रमस्थलमा भेटिएका एक विद्यार्थीले बताए । 

विद्यार्थीहरू १० बजे नै कार्यक्रमस्थलमा पुगे पनि मन्त्री घिसिङ भने तीन घण्टापछि पुगेका थिए । मन्त्रीको भाषण सुनाउन तीन घण्टासम्म कुराइएका विद्यार्थीलाई त्यसअघि स्वागतका लागि सडकको दुई किनारमा उभ्याइएको थियो । 

अबेरसम्म कार्यक्रमस्थलमा भेटिएका अर्का विद्यार्थीले भने, 'हेड सरले हामीलाई कुलमान घिसिङको कार्यक्रममा हिँड भनेर ल्याउनुभएको हो ।'

 

टिप्पणीहरू