निजी स्कूल सञ्चालकको दादागिरी
केही वर्षअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग वधशाला अनुगमन गर्न जाँदा मासु व्यापारी खुँडा लिएर लखेट्न आउँथे । सीमित स्रोत साधनको विभागको अनुगमन टोली खुँडाधारी व्यापारीहरुसामु टिक्नसक्ने थिएन र लुरुलुरु फर्कन्थ्यो । अहिले पनि विभागको टोली कहिलेकाहीँ अनुगमनमा निस्कन्छ । यो पटक पनि विभागको टोली निजी स्कूलको अनुगमनमा निस्कियो । निजी विद्यालय सञ्चालक पनि मासु व्यापारीले झैं विभागको अनुगमन टोलीमाथि जाइ लागे, फरक यत्ति हो, मासु व्यापारीले खुँडा नचाए, स्कूल सञ्चालकले…