नरेन्द्रजंग पिटर 

नेतृत्वको अभाव ! देशमा, पार्टीहरूमा !

‘देखा तो सब के सर पे गुनाहों का बोझ था,  खुश थे तमाम नेकियाँ दरिया में डाल कर,’ मोहम्मद अल्वी गम्भीर विषयको हल्का बहसमा नेपालगञ्जको राजनीतिक चर्चा टुुंगियो । प्रमुख दलका दोस्रो पुस्ताका आशालाग्दा नेताहरू विमर्शमा सहभागी भए पनि नयाँ सोच भने आउन सकेन । व्यवस्था त फेरिए पनि राजनीतिक संस्कृति भने नफेरिँदा नयाँ चुनौती पुरानै तरिकाले व्याख्या भए । चाल, चरित्र र अभ्यास नियाल्ने हो भने सबै पार्टीको जाउलो एउटै ताप्केमा छक्छक छड्किँदै छ कि ! झैँ लाग्यो ।  …