सामाजिक सञ्जालमा निर्वाचनको तुष
नेपाल पत्रकार महासंघको अध्यक्षमा पराजित रमेश विष्टले निर्वाचन समितिको निष्पक्षतामा प्रश्न उठाएका छन् । केन्द्रीय कोषाध्यक्ष पदको मत परिणाममा धाँधली गर्न खोजिएको उल्लेख गर्दै उनले प्रहरी प्रशासनको समेत दुरुपयोग भएको गम्भीर आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचन समितिको निष्पक्षतामा गम्भिर प्रश्न उठेको छ । महासंघको पूर्वअध्यक्ष शिव गाउँले र महेन्द्र विष्ट समेतको संलग्नतामा मत गणनास्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउनु आपत्तिजनक छ । अछामको पुनः मत गणना गर्न माग गर्दछु । कोषाध्यक्ष पदको परिणाममा गर्न खोजिएको धाँधली र प्रहरी प्रशासनको दुरुपयोग आपत्तिजनक छ ।’
अस्ति सम्पन्न निर्वाचनको मतगणनाअनुसार महासंघको केन्द्रमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारीमा नेकपा एमालेनिकट प्रेस चौतारी र नेपाली काँग्रेसनिकट प्रेस युनियनको संयुक्त प्यानल विजयी भएको छ । कोषाध्यक्षमा नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपमहासचिव रामकृष्ण अधिकारीले बाजी मारेका छन् ।
टिप्पणीहरू