भेटघाटमा व्यस्त अमेरिकी राजदूत आज वनमा
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईंसँग भेट गरेका छन् ।
मन्त्री भेट्न राजदूत थम्प्सन आज बिहान बिहान साढे १० बजे सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए । उनीहरूबीच २० मीनेट कुराकानी भएको बताइएको छ ।
अमेरिकी राजदूतले पछिल्ला दिनमा सरकार सम्वद्ध व्यक्तिहरूसँगको भेटलाई थप तीब्र बनाएको देखिन्छ । शुक्रबार उनले उर्जासहित तीनवटा मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङलाई भेटेका थिए ।
बिहीबार दिउँसो नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग उनको भेटवार्ता भएको थियो ।
टिप्पणीहरू