बाबुराम भट्टराई भारत जाँदै

बाबुराम भट्टराई भारत जाँदै

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जान लागेका छन् । मुम्बईको आईआईटीमा आयोजना हुने प्रविधिसम्बन्धी फेस्टिभलमा सहभागी हुन उनी त्यता जान लागेको बताइएको छ ।

डा. भट्टराईले फेस्टिभेलमा साउथ एसियाको लोकतन्त्र तथा युवा र प्रविधिसम्बन्धी मन्तव्य दिने कार्यक्रम छ । उनी नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेशनल सेन्टरमा आयोजना हुने साउथ एसियन फोरुमको कार्यक्रममा पनि प्रमुख वक्ताको रुपमा सहभागी हुने स्वकीय सचिव रेखी गुरुङले जानकारी दिए । 

गुरुङका अनुसार भट्टराईले भ्रमणका क्रममा त्यहाँका शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुसँग भेटघाटसमेत गर्नेछन् । उनी पुस ९ गते नेपाल फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

टिप्पणीहरू