उमेरले जीवनको उत्तराद्र्धमा टेकेका मन्त्रीले रोजे अधबैंशे महिला

उमेरले जीवनको उत्तराद्र्धमा टेकेका मन्त्रीले रोजे अधबैंशे महिला

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापा वैवाहिक जीवनमा बाँधिएका छन् । नेपाली काँग्रेसका नेतासमेत रहेका उनले आज विवाह गरेका हुन् । 

६० वर्षको उमेरमा मन्त्री थापाले कञ्चनपुर सिसैयाकी अधबैंशे भावना विष्टसँग बिहे गरेका हुन् । बुढेसकालमा विवाह बन्धनमा बाँधिएका उनलाई सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री समेत रहेका प्रकाश देउवाले बधाई दिएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री माननीय बहादुर सिंह थापा र भावना बिष्ट वैवाहिक सम्बन्धमा बाँधिनु भएकोमा हार्दिक बधाईसहित सुखद् र सफल दाम्पत्य जीवनको शुभकामना ।’

टिप्पणीहरू