प्रधानन्यायाधीशसँगै मन्त्री र भूतपूर्व प्रधानसेनापति साँझ परेपछि पोखरा प्रस्थान

प्रधानन्यायाधीशसँगै मन्त्री र भूतपूर्व प्रधानसेनापति साँझ परेपछि पोखरा प्रस्थान

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पोखरा पुग्नुभएको छ । उहाँ न्यायाधीश सपना प्रधान मल्ल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, भूतपूर्व प्रधानसेनापति प्यारजंग थापा, भूतपूर्वमन्त्री देवेन्द्र पौडेललगायत १२ सदस्यीय टोलीका साथ साँझ काठमाडौंबाट प्रस्थान गर्नुभएको बताइन्छ । 

उहाँहरु बुद्ध एअरको सडानमा साँझ सवा ७ बजे पोखरा जानुभएको हो । भोलि पोखरास्थित होटल ग्राण्डमा आयोजित वातावरण तथा वन्यजन्तु संरक्षण सम्बन्धी विवादहरुमा न्यायायिक दृष्टिकोण विषयक कार्यशाला गोष्ठी हुँदै छ । 

न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा आयोजित गोष्ठीको उद्घाटन प्रधानन्यायाधीशले गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू