लुटिएको ३ करोड,भेटिएको ३ बोरा

लुटिएको ३ करोड,भेटिएको ३ बोरा

सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा गएराति भएको एसबिआइ बैंक लुटपाटमा ३ बोरा पैसा फेला परेको छ भने प्रयोग गरिएको बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो बेलुका करिब ७:४५ बजे बैंक लुटपाट भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा जंगलमा लुकाई राखिएको उक्त रकम फेला परेको हो ।

लुटपाटका क्रममा सुरक्षा गार्ड तथा बैंक रहेको घरमै बस्ने कर्मचारीलाई डोरीले बाँधिएको थियो । सुरक्षा गार्डको हातमा खुकुरी प्रहार गर्दा गहिरो चोट लागेको छ । घाइतेको उपचार भइरहेको छ ।

प्रारम्भिक जानकारीअनुसार लुटेराले बैंकबाट ३ करोड ७ लाख रुपैयाँ लुटेका थिए । कमै मात्र नगद कारोबार हुने गाउँमा रहेको उक्त शाखामा केही दिनअघि मात्र रकम थप गरिएको थियोे ।

रातभर कुदे पनि लुटेरा नाका कट्न नसक्ने प्रहरीको आकलन  छ । सोही आधारमा अहिले लुटेराको खोजी कार्यलाई अझ व्यापक बनाइएको छ ।

टिप्पणीहरू