राजधानीमा राजश्व छलिएकाे मल र मकै

राजधानीमा राजश्व छलिएकाे मल र मकै

प्रहरीले भन्सार छलेर ल्याएको मकै र युरिया मलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । रौतहटको बृन्दावन नगरपालिका–६ घर भएका २५ वर्षीय राजकुमार महतोलाई पक्राउ गरिएको हो । 

काठमाडौं महानगरपालिका–१६, बालाजु पुल नजिकैबाट ना.ख ७०११ नम्बरको मालवाहक ट्रकले भन्सार छलिको सामान ल्याएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो । ट्रकलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा मकैको बोराले बेरेर ल्याइएको मल र मकै बरामद भएको हो । 

प्रहरीका अनुसार प्रतिबोरा ४५ केजीको चार सय बोरा युरिया मल र ५० किलोको ६० बोरा मकै फेला परेको छ । महतोलाई अनुसन्धानका लागि भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू