पत्रकार महासंघका दुई शाखामा चार अध्यक्ष

पत्रकार महासंघका दुई शाखामा चार अध्यक्ष
सुन्नुहोस्

नेपाल पत्रकार महासंघ दैलेख र नुवाकोट शाखा अध्यक्षका लागि भएको चुनावमा उम्मेदवारहरुले समान मत प्राप्त गरेपछि पालैपालो नेतृत्व चलाउने सहमति गरिएको छ । 

दैलेखमा अमरबहादुर सुनार र कमल प्रसाद शर्मा तथा नुवाकोटमा रामहरि गजुरेल र नवराज सुवेदीले बराबर मत प्राप्त गरेपछि आलोपालो नेतृत्वको सहमति भएको हो ।   

अस्ति भएको मतदानमा दैलेख शाखा अध्यक्षका उम्मेदवार सुनार र शर्माले बराबर मत प्राप्त गरेका हुन् । उनीहरुले ३०–३० मत प्राप्त गरेपछि उक्त निर्णय गरिएको बताइन्छ । सोहीअनुरुप गोला प्रथाबाट पहिलो कार्यकाल सुनार र दोस्रो कार्यकाल जिम्मेवारी शर्माले लिने गरी सहमति गरेका हुन् । 

यस्तै, नुवाकोट अध्यक्षमा गजुरेल र सुवेदीले बराबर अर्थात् ३३–३३ मत प्राप्त गरेका छन् । उनीहरुबीच पनि आधा–आधा कार्यकाल अध्यक्ष बन्ने सहमति भएको छ ।

टिप्पणीहरू