रास्वपा छोडेकी सुमना बालेनको टिमसँग फर्किंदै
जेनजी आन्दोलनलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)परित्याग गरेकी पूर्वमन्त्री सुमना श्रेष्ठ सोही दलमा फर्किने भएकी छन् । बालेन साहको टिमबाट उनी रास्वपामा समाहित हुन लागेकी हुन् ।
पार्टीमा एक व्यक्तिको देवात्वकरण गरिएको, फरक बिचार राख्नेलाई देखिनसहेको र आफूमाथि अनावश्यक मिडिया ट्रायल भएकोजस्ता आरोप लगाउँदै सुमनाले रास्वपा छोडेकी थिइन् । भदौ २९ गते पार्टी परित्यागको घोषणा गरेकी उनले यसबीच वैकल्पिक शक्ति निर्माणको लागि भन्दै कुलमान घिसिङ, सुदन गुरुङ र बालेनसँग छलफल चलाएकी थिइन् ।
रवि र बालेनले मिलेर जाने सहमति गरेपछि सुमना पनि त्यतै मिसिने तयारीमा रहेको बुझिएको छ । स्रोतका अनुसार आगामी प्रनितिधिसभाको निर्वाचनमा बालेनको टिमबाट उनलाई समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरिने सम्भावना छ ।
टिप्पणीहरू