रास्वपामा समानुपातिकको किचलो

रास्वपामा समानुपातिकको किचलो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समानुपातिक उम्मेदवार सिफारिसको विषयलाई लिएर किचलो चर्किएको छ । 

सह-महामन्त्रीसमेत रहेका उम्मेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्य आफैँ समानुपातिक कोटामा सुरक्षित हुन खोजेपछि आन्तरिक असन्तुष्टि बढेको हो । रास्वपाले हिजोदेखि उम्मेदवार छनोटका लागि प्रारम्भिक मतदान गरिरहँदा केही आकांक्षीले आक्रोश पोखेका छन् । 

जनआस्थाको सम्पर्कमा आएका एक आकांक्षीले आचार्य समानुपातिक उम्मेदवार बन्न खोज्नु प्रथम दृष्टिकोणमै विधिविपरित हुने बताए । ‘उहाँ आफैँ छनोट समितिको संयोजक हुनुहुन्छ, आफैँ प्रश्न बनाउने,आफैँ उत्तर दिने पनि हुन्छ ?’, उम्मेदवार छनोट कार्यशालामा सहभागी भइसकेका उनले भने, ‘तमाशा देखाउन आवश्यक नै छैन नि, सिधै आफू र आफ्ना मान्छेको नाम राखे भइहाल्यो !’ 

आचार्यले केन्द्रीय सदस्य क्रान्तिशिखा धिताललाई समेत उम्मेदवार बनाउन बल लगाइरहेको ती आकांक्षीको आरोप छ । ‘पहिले मुकुल ढकालले जसरी निशा डाँगी र चन्दा कार्कीलाई सामानुपातिकमा राखेका थिए, अहिले उहाँ (आचार्य)ले पनि त्यसैगरी धितालजीलाई च्याप्नु भएको छ उनले आक्रोश पोखे, ‘बाहिर उहाँहरूले जे गरे पनि हामीलाई मतलब भएन, तर पार्टीभित्र एउटा व्यक्तिका लागि किन अस्वभाविक बल लगाइरहेको हो हामी बुझ्दैनौ र !’

‘उहाँ आफैँ छनोट समितिको संयोजक हुनुहुन्छ, आफैँ प्रश्न बनाउने,आफैँ उत्तर दिने पनि हुन्छ ?’, उम्मेदवार छनोट कार्यशालामा सहभागी भइसकेका उनले भने, ‘तमाशा देखाउन आवश्यक नै छैन नि, सिधै आफू र आफ्ना मान्छेको नाम राखे भइहाल्यो !’

बाहिर देखाउनका लागि मात्रै चुनावको नौटंकी गरिएको उनले आरोप लगाए । आन्तरिकरुपमा आचार्य नेतृत्वको छनोट समितिले क-कसलाई समानुपातिकमा लैजाने भन्ने पहिले नै निर्णय गरिसकेको उनको दावी छ ।  

स्मरणीय छ, ०७९ को निर्वाचनमा निशा डाँगी र चन्दा कार्की तत्कालीन महामन्त्री मुकुल ढकालको बलमा समानुपातिक सांंसद बनेकाे चर्चा थियाे । अहिले फेरि सहमहामन्त्री आचार्यले धिताललगायत कतिपयलाई सूचीमा राख्न लागेको चर्चा छ । 

टिप्पणीहरू