किर्ते गर्ने एक दर्जन मेनपावर कम्पनी निलम्बित
वैदेशिक रोजगार विभागले एक दर्जन बढी मेनपावर कम्पनीमाथि निलम्बनको कारवाही गरेको छ । शंकास्पद प्रमाणपत्र पेश गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाएको भन्दै विभागले १४ वटा मेनपावर कम्पनीलाई निलम्बन गरेको हो ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को ७ बमोजिम ती कम्पनीलाई निलम्बन गरी थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
निलम्बनमा पर्ने मेनपावर कम्पनीमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी प्रालि, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल नेपाल ओभरसिज …