मलद्वारभित्र ब्राउनसुगर
भारतबाट नेपाल आउँदै गरेका दुई जना मलद्वाराभित्र लुकाएर ब्राउनसुगर ल्याउने क्रममा दुई जना पक्राउ परेका छन् । उनीहरु झापाको भद्रपुर र मेचीनगर नगरपालिकाबाट ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारतको पश्चिम बंगालबाट नेपालतर्फ आउँदै गरेको मे. १० प २७१५ नम्बरको मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका–३ निवासी १९ वर्षीय अनुज राजवंशी पक्राउ परेका हुन् । मेची पुलमा खटिएको सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले उनीमाथि चेकजा…