शहरभित्र

​को तस्कर, को माफिया ?

गृहमन्त्री कमरेड रामबहादुर थापा बादलले हालै एउटा कार्यक्रममा भन्नुभएछ कि देश अहिले तस्कर र माफियाको हातमा छ । उहाँको अभिव्यक्ति सुनेर सबै जना चकित भएका छन् । अरूको त के कुरा, स्वयं तस्कर र माफियै पनि चकित छन् । आखिर एक बहालवाला गृहमन्त्रीले भनेको कुरा– नपत्याउने कसरी ? विभिन्न गुप्तचरी स्रोतबाट उहाँले यो कुरा पत्ता लगाएको हुनुपर्छ । उहाँको त स्रोत पनि धेरै छ । त्यति धेरै स्रोतबाट पत्ता लगाएको कुरा झुट कसरी हुन सक्छ ?  तर, त्यसो भने पनि स्वयं तस्कर र माफिया भने त्…