शहरभित्र

​एनसेलमाथि बम किन ?

आखिर विप्लव माओवादीले एनसेलमाथि प्रहार गरेरै छोड्यो । एनसेलमाथि प्रहार गर्ने नाममा ठाउँका ठाउँ बम पड्काइयो । आगजनी गरियो । अनि सकुशल फर्किइयो पनि । कसैले केही गर्न सकेन । शायद गर्न सक्दैन पनि । किनभने यस्तो अवस्थामा प्रहरी प्रशासनले केही गर्न सक्दैन भन्ने कुरा गृहमन्त्री रामबहादुर थापा बादललाई राम्रै थाहा छ । यदि गर्न सक्ने भए त कमरेड बादलले यतिबेला गृहमन्त्री बन्ने अवसरै पाउनुहुन्नथ्यो नि । अहिले विप्लवको माओवादी जे जे गर्दैछ, त्यो कुनै बेला बादलको माओवादीले गथ्र्यो । अहिले ब…