शहरभित्र

अंगीकृत नागरिकता

आज बिहानैदेखि भजनलालको दिमाग तातिरहेको छ । मौसम चिसो छ । तर, दिमागमा तातो किन ? भजनलाल आज बिहानै मेरो घर आएर भन्न थाल्यो, ‘यो अंगीकृत नागरिकतामा विवाद किन हँ ?’ दाँत माझ्दै थिएँ । थुऽ गर्दै भनें, ‘अंगीकृत नागरिकतामा विवाद छैन । अंगीकृत नागरिकलाई प्रमुख पदमा राख्नुहुँदैन भन्नेमा मात्रै विवाद हो ।’ ‘राखेर के हुन्छ ?’ उसले सोध्यो । ‘राष्ट्रको हित गर्दैन नि !’ मैले भनें । ‘आजसम्म कुनचाहिँ वंशाणुगत नागरिकतावाला…