ठेक्का खोस्
‘टाइममा काम नसकाउने ठेकेदारको ठेक्का खोस्नु !’ प्रधानमन्त्री केपी ओलीका तर्फबाट यस्तो सन्देश आएपछि कर्मचारी अति नै खुशी भएका छन् । जुन ठेकेदारले काम गर्दैन उसको ठेक्का खोस्नु सबैभन्दा राम्रो काम हो । रमाइलो पनि यसैमा हुन्छ ।
काम नगरेको दोष लगाएर ठेकेदारको ठेक्का खोस्ने । अनि त्यो ठेक्का अर्को ठेकेदारलाई दिने । त्यो ठेकेदारले समयमा काम नसकाए फेरि त्यसबाट पनि खोसेर अर्कोलाई दिने । त्यल्ले नसकाए त्यसको खोस्ने र फेरि अर्कोलाई दिने । यसरी एउटै काम विभिन्न ठ…