शहरभित्र

सल्लाहको के काम ?

प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संसद् विघटनको प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एकछिनमै स्वीकृत गरिदिनाले राष्ट्रपति समेत विवादमा तानिनुभएको छ । त्यसो त राष्ट्रपतिलाई समस्या छ । प्रधानमन्त्रीले ल्याएको प्रस्ताव स्वीकृत नगरे राष्ट्रपति सक्रिय हुन थालेको आरोप लाग्न सक्छ । प्रधानमन्त्रीले ल्याएको प्रस्ताव स्वीकार गरे राष्ट्रपति रबर स्टाय्म्प मात्र भयो भन्न थालिन्छ । जे गर्दा नि हुँदैन । एकथरीले के पनि भनेका छन् भने प्रधानमन्त्रीले ल्याएको प्रस्ताव ठीक छ कि ठीक छैन भनेर राष्ट्रपतिले कानु…