शहरभित्र

​को हो यो राजेन्द्र महतो ?

सरकारले आठ नेपालीको नागरिकता रद्द गरेको छ । त्यसमध्ये एक जना राजेन्द्र महतो पनि हुन् । राजेन्द्र महतोको नागरिकता रद्द गरियो भनेपछि राजेन्द्र महतो आक्रोशित हुने नै भए । संसदमै प्रश्न उठाए— यो नागरिकता रद्द हुने राजेन्द्र महतो को हो ? राजेन्द्र महतोको नागरिकता रद्द भएको छ । तर राजेन्द्र महतो नै प्रश्न गरिरहेका छन् कि यो राजेन्द्र महतो को हो ?यसबाट थाहा हुन्छ कि देशमा दुइटा राजेन्द्र महतो रहेछन् । एउटा नागरिकता रद्द भएको राजेन्द्र महतो । अर्को नागरिकता रद्द नभएको राजेन्द्र महतो ।…