एमाले महाधिवेशनको महासंग्राम !
विसं २०८४ लाई बटमलाइन बनाएर चुनावी घात÷प्रतिघातको योजना बुनिरहेका राजनीतिक दललाई जेनजी विद्रोहले पल्टा खुवाइ दियो । त्यसपछिका तीन महिना कतिखेर के हुन्छ ? कसले के गर्छ र के भन्छ ? त्यसैको सेरोफेरोमा पार्टी र त्यसका नेता–कार्यकर्ता घुमिरहेछन् । एकातिर स्थिति यतिसम्म तरल छ, अर्कोतिर नयाँ नेतृत्व चुन्न पार्टीहरूमा सर्वोच्च सम्मेलन, महाधिवेशनको चटारो शुरु भएको छ । यसले ठूला पार्टीको नेतृत्वलाई खुइल्याउने साना पार्टीहरूको आक्रमणमाथि झड्का लागेको छ । पूर्वप्रधानमन्त्रीहर…