समाचार

सिंहदरबारभित्रै कर्मचारीको धर्ना

सिंहदरबारमा आज पनि कर्मचारीहरु धर्नामा बसेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका झण्डै तीन दर्जन कर्मचारी मन्त्रालयको मूल गेटमा धर्ना बसेका हुन् । कृषि समूहका प्राविधिक कर्मचारीहरुको समायोजनपछि बढुवा नभएको जनाउँदै धर्नामा बसिएको जानकारी दिएका छन् । प्राविधिक अधिकृत माधव पौडेलको नेतृत्वमा उनीहरुले केही दिनदेखि धर्ना दिँदै आएका हुन् ।

Page 1 of 1145