रास्वपाले केन्द्रीय समिति बैठकको लाइभ प्रशारण गर्न मानेन

रास्वपाले केन्द्रीय समिति बैठकको लाइभ प्रशारण गर्न मानेन
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठक बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बसेको छ ।

आजको बैठकमा पार्टी महामन्त्री मुकुल ढकालले बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल हुने मुख्य एजेण्डा थियो । तर,यसबीच विकसित राजनीतिक घटनाक्रमबारे नै बढी छलफल हुने बताइएको छ ।

नेपाली काँग्रेस र एमालेबीच नयाँ समीकरणको सहमतिपछि रास्वपाको बैठक बस्न लागेको हो । तर नयाँ गठबन्धनमा आफू सहभागी नहुने हिजो बिहान संसदीय दलको बैठकमा निर्णय भैसकेको छ ।

यसअघि आजको बैठकलाई लाइभ प्रशारण गर्न महामन्त्री ढकालले माग गरेका थिए । तर, बैठक परम्परागत ढंगले बैठक कक्षको ढोकासमेत लगाएर गरिएको बुझिएको छ भने लाइभ नगरेको भन्दै मुकुन्दले मुखमा कालो टेप लगाएको अवस्था छ ।

टिप्पणीहरू