रास्वपाका महामन्त्री वेवसाइटबाट पनि हटाइए

रास्वपाका महामन्त्री वेवसाइटबाट पनि हटाइए

राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालको नाम र फोटो वेवसाइटबाट हटाएको छ । पार्टीले आफ्नो वेवसाइटमा महामन्त्री ढकालको ठाउँमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम र फोटो राखेको छ । 

यसअघि पार्टीको वेवसाइटमा केन्द्रीय समितिका पदाधिकारीहरुमध्ये सभापति रवि लामिछाने, त्यसपछि उपसभापति डिपी अर्याल, अर्को उपसभापति स्वर्णिम वाग्ले र चौथोमा महामन्त्री ढकालको नाम र फोटो थियो । तर अहिले ढकालको ठाउँमा सहमहामन्त्री बुर्लाकोटीको नाम र फोटो राखिएको छ । 

अस्ति बसेको पार्टी केन्द्रीय समिति बैठकले अनुशासन उल्लंघन गरेकाले ढकाललाई एक हप्ताको निम्ति निलम्बन गरिएको बताइएको थियो ।

टिप्पणीहरू