भारतीय प्रधानमन्त्री रुसी राष्ट्रपति भेट्न मस्कोतिर

भारतीय प्रधानमन्त्री रुसी राष्ट्रपति भेट्न मस्कोतिर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस जान लागेका छन् । दुई दिने रुस भ्रमणका लागि उनी मंगलबार मस्को पुग्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

युक्रेनमाथि रुसी आक्रमणपछि भारतीय प्रधानमन्त्रीबाट हुन लागेको यो पहिलो रुस भ्रमण हो । भारतीय प्रधानमन्त्री र रुसी राष्ट्रपति मस्कोमा हुन लागेको भारत–रुस २२ औं वार्षिक सम्मेलनमा सहभागी हुन लागेका हुन् । यसअघि २१ औं सम्मेलन २०२१ को डिसेम्बर ६ का दिन नयाँ दिल्लीमा भएको थियो ।

मोदी र पुटिनबीच यो वर्षको जनवरी १५, मार्च २० र जुन ५ का दिन टेलिफोनमा कुराकानी भएको थियो । मोदीले रुसको पछिल्लो भ्रमण सन् २०१९ मा गरेका थिए ।

रुसपछि भारतीय प्रधानमन्त्री मोदी एक दिने भ्रमणका लागि मस्कोबाट अष्ट्रिया जाने कार्यक्रम छ ।

टिप्पणीहरू