क्वारेन्टाइनले रोक्यो, भ्यालेन्टाइन्सको फूल
पर्सि विश्वभर प्रणय दिवस (भ्यालेन्टाइन्स डे) मनाईंदैछ । प्रणय दिवसको एक साता अघिका प्रायः दिनलाई विभिन्न नाम दिइएको छ । प्रपोजदेखि चकलेट डेसम्म मनाइएको छ । पर्सि भ्यालेन्टाइन्स डेको दिन रातो गुलाफको माग संसारभर उच्च हुने गरेको छ ।
यो समयमा नेपालमा पनि पछिल्ला वर्षदेखि गुलाफको फूलको माग ह्वात्तै बढ्दै आएको छ । नेपालमा आन्तरिक उत्पादनले नपुगेपछि भारतबाट आयात गर्ने गरिएको छ । भारतीय गुलाफको फूलको आयात रोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्लान्ट क्वारेन्टाइन तथा विषा…