समाचार

के–के हुन्छ हाम्रै नेपालमा

पूर्वभूमिसुधार सचिव रामबहादुर रावल नेतृत्वको एउटा कार्यदलले २०५२ सालमा बुझाएको एउटा रिपोर्ट झण्डै २१ वर्ष दराजमा थन्किएपछि त्यसको भाव मर्ने गरी पञ्चायती हस्तीहरुको उद्धार गर्ने खेल प्रारम्भ भएको छ । उपत्यकाको हजारौँ रोपनी जग्गा विभिन्न व्यक्तिले आफ्नो घर, कम्पाउण्डमा मिसाएको भेटिएपछि रावल रिपोर्टमा त्यसलाई छुट्याउन सिफारिस गरिएको थियो । यसरी सरकारी, सार्वजनिक र गुठीको जग्गा मिच्नेमा डा.भेषबहादुर थापा, रमेशनाथ पाण्डे, मन्त्री र अञ्चलाधीशहरु पनि थिए । रिपोर्ट आएपछि मालपोतको मूल्य ल…