लत्रिए कि उत्रिए, सुध्रिए कि उध्रिए
एमाले अध्यक्ष केपी ओलीमाथि ‘लत्रिए’ को आरोप लागेको छ, आइतबार बसेको स्थायी कमिटी बैठकमा । ओलीले भनेका थिए, ‘अब संविधान संशोधनको प्रस्ताव अघि सार्ने भए । कमल थापाहरु पनि उतातिर टाँस्सिन खोजेजस्तो बुझिन्छ । एमालेलाई एक्ल्याउन लागेजस्तो छ । यद्यपि, कमल थापाले त्यसो गर्लान्जस्तो मलाई लाग्दैन । पशुपति समशेरसँग मिलेपछि बाध्यता बनेको भए अर्कै कुरा !’
उनले सुनाए, ‘प्रचण्ड र देउवा दुवैसँग भेट हुँदा भन्ने गरेको छु कि मलाई हटाउने तपाईंहरुको साझा एजेण्ड…