भारत पुग्नासाथ नेपाली भाउन्न
केही दिन अघिसम्म झापाको काँकडभिट्टा बजारमा खुलेआम भारु. कारोबार गर्ने महिला अहिले चुपचाप छन् । भारततर्फ जाँदै गरेका नेपालीलाई उनीहरू तानातान गर्थे । नेपाली रुपैयाँ लिएर भारतीय रुपैयाँ साटिदिन्थे । उताबाट आउनेहरूबाट भारु. लिएर नेरु. दिन्थे । मन लागेजति नाफा लिन्थे । कमाउने माध्यम नै यही थियो । हातमा पैसाको मुठो बोकेर मनी चेञ्जरको काम गर्थे, सडकमै ।
प्रहरीले लखेट्थ्यो कहिलेकाहीँ । तर, काँकडभिट्टामा यस्तो काम गर्ने थुप्रै छन् । भारत सरकारले आइसी ५ सय र हजार रुपैयाँको …