कसैलाई भने देश बन्ने पीर
चीनले नेपाल सरकारलाई पठाएको एउटा प्रस्ताव अहिलेसम्म गुपचुप पारिएको छ । न त त्यसलाई निस्तेज पार्ने गरी काम नै अघि बढेको छ । अहिले चालु अवस्थामा रहेको नेपाललाई उत्तरी छिमेकी चीनसँग जोड्ने एक मात्र केरुङ नाका जाने बाटो गल्छीसम्मै स्तरोन्नति गरिदिन्छौं भनी उताबाट आएको प्रस्ताव नै लुकाइएको प्रसंग हो यो ।
चीनले बनाइदिन्छौं भन्दा नेपालीले हामी आफैं बनाउँछौं भन्यो । तर, आफूसँग पैसा नभए एडिबी, विश्व बैंकसँग ऋण मागेर काम थाल्नुपर्नेमा त्यति पहलसम्म पनि हुन सकेन । स्याफ्रुबेंसीदेखि य…