उपेन्द्रले लोभ देखाएका भए…
फागुन १ गते जनयुद्ध दिवसकै दिन प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बोलाएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई भने, ‘आईजीसा’ब, बेकारको झ्याऊ भो, अब तपार्इं नै कन्टिन्यु गर्नुस् ।’ उपाय पनि सुनाए, ‘३० वर्षे हटाइदिन्छु तपार्इं नै चलाउनुहोस् ।’
मुख्यसचिव र महान्यायाधिवक्तासहितलाई साक्षी राखेर गरिएको यो प्रस्ताव अस्वीकार गर्दै उपेन्द्रले भने, ‘मलाई बिदाइ गर्न साढे ३ सय अफिसर आँगनमा कुरी बसेका छन् । भो हजुर पुग्यो, म खान्नँ, बरु चार्ज कसला…