एकथरी मात्रै हो र पीर पनि !
अहिले देउवामाथि एउटा मात्र होइन अनेकथरी पीडाको पहाड छ । उम्मेदवारी छनोटको लफडा त छँदै छ, आपसी भागबण्डाको चक्करले झन् ठूलो रिँगटा छुटाएको अवस्था छ । एकातिर रामचन्द्रले ४० प्रतिशत मागेका छन् । अर्कातिर कोइरालाहरुको उस्तै दबाब छ ।
खुमबहादुरको असन्तुष्टि व्यवस्थापन, मधेसी नेताको अपेक्षा आ–आफ्नै ठाउँमा । नेतापिच्छेको आकांक्षा र त्यहीअनुरूप उम्मेदवारी दिएर माग संबोधन गर्नुपर्ने बाध्यताकै कारण पोखरा महानगरपालिकाको मेयरमा रामचन्द्र पौडेलको मान्छेलाई, विराटनगरको उम्मेदवार कोइर…