जंगी अड्डाको लिखित प्रतिवाद, केपीलाई समेत जवाफ
नेपाली सेनाले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा जेन–जी प्रदर्शनको भोलिपल्ट भदौ २४ गते भएको तोडफोड, आगजनी र जनधनको क्षतिलाई विषम परिस्थिति र सुरक्षाको दृष्टिकोणबाट अत्यन्तै संवेदनशील अवस्थाको रूपमा औंल्याएको छ । अर्घाखाँचीका मकबुल मियाँ र दोलखाका डम्बरप्रसाद शिवाकोटीले दायर गरेको भिन्दाभिन्दै रिटमा सर्वोच्चले मागेको लिखित जवाफमा उक्त अर्थ लगाइएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलको तर्फबाट नेपाली सेनाको प्राड विभागका उपरथी जीवनप्रसाद दाहालले पेस गरेको जवा…