‘जागरण सभा’ पछिको एमाले–बालेन विवाद नयाँ माेडमा
एमालेले गत साता दरबारमार्गमा आयोजना गरेको ‘जागरण सभा’ पछि उत्पन्न फोहोरको विषय थप पेचिलो बनेको छ । मंसिर ७ गतेको सभालगत्तै फोहोर आफूहरुले उठाएको नेकपा एमालेको दाबी खण्डित हुने तथ्य सार्वजनिक भएको छ ।
काठमाडौँको फोहोर व्यवस्थापन गर्दै आएको क्लिन काठमाडौं वेस्ट म्यानेजमेन्ट प्रालिले कार्यक्रमको भोलिपल्ट दरबारमार्ग क्षेत्रबाट दुई ट्रक फोहोर संकलन भएको जानकारी गराएको छ । महानगरले मंसिर ८ गते बिहान दरबारमार्ग क्षेत्रको सरसफाइ, फोहरमैला संकलन र दुवानी सम्ब…