साप्ताहिक समाचार

आमाको नाम, मन्त्री ओसार्ने काम

देउवा क्याम्पतिर लाग्दा पनि झण्डै मन्त्री बन्न नपाएका अर्जुननरसिंह केसी अहिले जिल्लाको कुनै कार्यक्रम छाड्दैनन् । शहरी विकासमन्त्री केसी आइतबार नुवाकोटको तारुकामा हेलिकोप्टर चार्टर गरेरै भए पनि पुग्न भ्याए । लमजुङ घर भएका र नेपाली कांग्रेसका नेतालाई मैले नै पालेको छु भन्ने पर्यटन व्यवसायी मोहन लम्सालले स्विस नागरिकको आर्थिक सहयोगमा आमाको नामबाट अस्पताल नामको टहरो उद्घाटन गर्न बोलाउँदा मन्त्री केसी पुगेका छन् । सुरुमा तारुका–२ को श्रीकृष्ण क्याम्पससँगै अस्पताल बनाउने भन्दै चैतम…