बिहान बाघको आक्रमण,बेलुका प्रहरीको गोली,नविना थारु ठहरै

बिहान बाघको आक्रमण,बेलुका प्रहरीको गोली,नविना थारु ठहरै

बर्दिया जिल्लाको मधुवन नगरपालिका-२ बस्ने ४१ बर्षिया अस्मिता थारुलाई आज बिहान बाघले आक्रमण गरी घाइते बनाएपछि सो क्षेत्र तनावग्रस्त भएको छ ।

मृतकका नातेदारहरु र स्थानीय करिव ४ सय जना भेला भएर बाटो अवरुद्ध गरेपछि सुरक्षा फौजसङ्ग झडप हुँदा गोली चलेर घाइते एक जनाको ज्यान गएको छ । उत्तेजित भीडले नेपालगन्जदेखि बर्दिया- राजापुर सडकको मधुवन न पा २ ओराली बजार इलाका जाने बाटो अवरुद्ध गरेको थियो ।

बाटो खुलाउने क्रममा बेलुका छ बजेतिर सशस्त्र प्रहरी टोलीले ११ सेल टियर ग्यास प्रहार गरेको र आफ्नैतर्फ २ जना सामान्य घाइते भएको बताइन्छ । त्यस क्रममा नेपाल प्रहरीले एसएलआरबाट १ राउण्ड हवाई फायर र थप ११ सेल ग्यास पड्काएको थियो ।

हवाई फायर गर्दा त्यहीँकी २१ बर्षिया नबिना थारुलाई घाइते भई जिल्ला अस्पताल गुलरिया लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेका छन् । स्थिति बिग्रन नदिन दाङ्ग र चन्द्रौटाबाट दुबैथरी प्रहरीका डिआइजीहरु घटनास्थलतर्फ लागेका छन् ।

टिप्पणीहरू