धनगढीका मेयर बने निर्णायक, काँग्रेस र माओवादी विजयी
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको एक भोटले कैलालीमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा निर्णायक मानिएका धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालको एक भोटले सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
जसअनुसार जिसस प्रमुखमा नेपाली काँग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समिति नेतृत्वका लागि कैलालीमा सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । यता प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि नागरिक उन्मुक्ति पार्टीसँग गठबन्धन गरेको थियो ।
त्योसँगै जिससमा दुई गठबन्धनको मत बराबर देखियो । जसमा स्वतन्त्र मेयर हमाल निर्णायक बनेका हुन् । उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिएपछि जिससमा गठबन्धनले जितेको हो ।
जिसस प्रमुखमा उठेका उन्मुक्ति पार्टीका इन्द्र चौधरी १२ मत ल्याएर पाराजित भएका हुन् । त्यस्तै समितिको उपप्रमुखमा एमालेका राजेन्द्र खनालले पनि हारेका छन् ।
टिप्पणीहरू