चौधरी ग्रुपको १० तले भवनको छतबाट लडेर युवकको मृत्यु

चौधरी ग्रुपको १० तले भवनको छतबाट लडेर युवकको मृत्यु

काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित चौधरी ग्रुपको १० तले निर्माणाधीन भवनको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बानेश्वर डेरा गरी बस्ने बाराको पचौरुवा नगरपालिका–३ घर भएका २२ वर्षीय अभिषेक जैसवालको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काठमाडौंले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू