एकीकृत समाजवादीका लामा ताप्लेजुङ जिसस प्रमुखमा विजयी

एकीकृत समाजवादीका लामा ताप्लेजुङ जिसस प्रमुखमा विजयी

ताप्लेजुङको जिल्ला समन्वय समिति प्रमुखमा नेकपा एकीकृत समाजवादीका छिरिङ लामा विजयी हुनुभएको छ ।

कुल १८ मतदातामध्ये १० मत प्राप्त गरेर लामा विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका घनेन्द्र मादेनले ८ मत पाउनु भएको छ ।

नौ स्थानीय तह रहेको गठबन्धनतर्फ नेपाली काँग्रेसका ६, माओवादीका ५ र नेकपा एकीकृत समाजवादीका १ मतदाता थिए । एमालेका ६ मतदाता थिए । समन्वय समितिको उपप्रमुखमा नेपाली काँग्रेसका कृष्णप्रसाद लिङ्खिम लिम्बू निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

गठबन्धनको दुई मत नेकपा एमालेका उम्मेदवारलाई गएको पछिल्लो मत परिणामले देखाएको छ ।

जिल्ला समन्वय समितिका ७ जना सदस्यमा गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित भएका छन् । दलित वा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका सन्तोष राई, महिलातर्फ काँग्रेसका चन्द्रकला दाहाल, सविता लिङ्देन र हेमन्ता पौडेल मिश्र तथा अन्यमा नेकपा एकीकृत समाजवादीका रवीन्द्रकुमार वनेम, माओवादी केन्द्रका भूपाल मादेन र काँग्रेसका विष्णुप्रसाद तिवारी निर्वाचित हुनुभएको मतदान अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिनुभयो ।

टिप्पणीहरू