रोजगार बोर्डको कार्यकारी निर्देशकमा छ जनाकोे दरखास्त स्वीकृत

रोजगार बोर्डको कार्यकारी निर्देशकमा छ जनाकोे दरखास्त स्वीकृत

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये छ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको छ । उक्त पदपूर्तिका लागि सिफारिस समितिले प्रकाशित गरेको सूचनामा छ जनाको दरखास्त स्वीकृत भएको जानकारी गराइएको हो ।

आवेदन दिएकामध्ये तोकिएको योग्यता पुगेका उम्मेदवारहरु मात्र छानिएको पनि समितिले जनाएको छ । जसमा बाराका निर्मलकुमार उप्रेती र डा. द्वारिका उप्रेती, लमजुङका तोयराज अधिकारी, काठमाडौंका दुर्गादत्त ढकाल, सुर्खेतका युवराज बस्नेत र पर्वतका हरिकुमार श्रेष्ठ हुन् ।

समितिले गत जेठ २० गते कार्यकारी निर्देशकका निम्ति आवेदन माग गरेको थियो ।

टिप्पणीहरू