भक्तपुरमा रोबोट बनाउने तालिम

भक्तपुरमा रोबोट बनाउने तालिम

इन्जिनियरिङ पढ्ने र पढाउनेहरुले संयुक्त रुपमा रोबोट बनाउने तालिम लिएका छन् । विश्वविद्यालय अनुसन्धान आयोगको सहयोगमा भक्तपुर इञ्जिनियरिङ कलेजमा रोबोट निर्माणसम्बन्धी सफ्टवेयर तालिम दिइएको हो ।

असार १३ गतेदेखि १७ गतेसम्म चलेको सो तालिम विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोगको क्षमतावृद्धी कार्यक्रमअन्तर्गत तालिम तथा विकास शीर्षक अन्तर्गत भएको हो । ३२ जना सहभागी रहेको तालिममा सिभील, सिभील एण्ड रुरल, कम्प्यूटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विधाका शिक्षक तथा नेपाल इन्जिनियरिङ कलजको रोबोटिक्स क्लबका केही विद्यार्थीको सहभागिता रहेको थियो ।

रोबोट बनाउने तालिमका प्रशिक्षक मेकानिकल इन्जिनियर उपप्राध्यापक विभु शर्माले सोलिडवर्क्स नामक सफ्टवेयरमा रोबोटिक्स आर्म (रोबोटको हात ) निर्माण गरी चलाउन सिकाएर यस कार्यक्रमको उद्देश्य पूरा भएको बताए । अर्का प्रशिक्षक उपप्राध्यापक निश्वान ढकालले यो कार्यक्रम एउटा सहजीकरणको माध्यममात्र भएको र यसमा निपुणता ल्याउन निरन्तरको प्रयास चाहिने कुरा व्यक्त गरे ।

प्रशिक्षक डा. अरुण सत्यालले रोबोट डिजाइन र मेसिन संयन्त्रको अनुकरण गर्नको लागि सोलिड वर्क्स भन्ने सफ्ट्वेयर सहायक देखिएको जानकारी दिएका छन् । मेसिन संयन्त्रहरुको डिजाइन र अनुकरण गर्न सो सफ्ट्वेयर हामीले चलाइआएका सफ्टवेयरहरु भन्दा सहज रहेको र सोहीलाई तालिमको मुख्य केन्द्रबिन्दु राखिएको उनको भनाइ रहेको छ ।

तालिमका सहभागीहरुले यस्ता कार्यक्रमले रोबोटिक्सको क्षेत्रमा नयाँ आयाम आउने विश्वास व्यक्त गरेका छन् ।

टिप्पणीहरू