सरकार र दलका सबै ठूला नेता सैनिक हेलिकप्टरमा निजगढतिर
सर्वोच्च अदालतको पूर्ण इजलासका बहुमत न्यायाधीशहरुले हालसम्म भए गरिएका सरकारी निर्णय बदर गरे पनि ठाउँको नाम नतोकी फेरि प्रक्रिया पुर्याएर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउन हरियो संकेत देखाएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको यौटा टोली अहिले भर्खर निजगढतर्फ प्रस्थान गरेको छ । NA-056 कलसाइन भएको MI 17 सैनिक हेलिकप्टरले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्खर उडान भरेको हो । टोलीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादव,अर्थमन्त्री जनार्दन शर्मा,पर्यटन मन्त्री जीवनराम श्रेष्ठ,खानेपानी मन्त्री उमाकान्त चौधरी,वनमन्त्री रामसहायप्रसाद यादव र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पनि हुनुहुन्छ ।
टिप्पणीहरू