आइतबार सार्वजनिक बिदा
इस्लाम धर्मावलम्बीहरुको महान् चाड बकर इद (ईद उल अजहा) को अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर आँउदो आइतबार मुलुकभर सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।
‘इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र उक्त पर्व विसं २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनि मुस्लिम आयोगबाट अनुरोध भई आएकाले देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।
टिप्पणीहरू