राष्ट्रपति भागेर माल्दिभ्स पुगेपछि मुलुकभर संकटकाल
चरम आर्थिक र राजनीतिक गतिरोध रहेको श्रीलंकामा आज फेरि संकटकाल घोषणा गरिएको छ । गत साता प्रदर्शनकारीले आफ्नो निवास कब्जामा लिएपछि राष्ट्रपति गोटाबाया राजपाक्ष सैनिक विमान चढेर माल्दिभ्स भागेलगत्तै त्यहाँ संकटकाल घोषणा गरिएको हो ।
प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा संकटकाल लगाइएको घोषणा गरेका छन् । उनले देशभरी कर्फ्यूसमेत लगाइएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध निरन्तर प्रदर्शन तथा राजीनामाको निम्ति दबाब बढ्दै गएपछि संकटकाल घोषणा गरिएको हो । श्रीलंकामा यसअघि पनि पटक–पटक संकटकाल लगाइएको थियो ।
टिप्पणीहरू