राहुलपछि सोनिया गान्धीसँग बयान

राहुलपछि सोनिया गान्धीसँग बयान

सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी आज प्रवर्तन निर्देशनालय ‘ईडी’ मा उपस्थित हुने भएकी छन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दाको सम्बन्धमा सोधपुछको निम्ति उनी राजधानी नयाँ दिल्लीस्थित प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जान लागेकी हुन् ।

यसअघि सोही मुद्दामा छोरा तथा काँग्रेस नेता राहुल गान्धी पटक–पटक इडीमा उपस्थित भएका थिए । उनलाई त्यहाँ घन्टौंसम्म सोधपुछ गरिएको थियो । यसअघि सोनियालाई राहुलसँगै सोधपुछ गर्ने तयारी गरिएको थियो । तर, उक्त समयमा उनलाई कोरोना लागेर बिरामी भएपछि आज बोलाइएको हो ।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर काँग्रेस कार्यकर्ताले भने विरोध गर्दै आएका छन् । आफ्ना नेताविरुद्धका आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको काँग्रेसको आरोप छ । प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूका दाबी छ ।

टिप्पणीहरू