सरकारी गाडीको चाबी नखोस्न निर्देशन

सरकारी गाडीको चाबी नखोस्न निर्देशन

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिदाको दिन चलेका सरकारी गाडीको चाबी नखोस्न निर्देशन दिएको छ ।

सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाएको भन्दै सवारी साधन रोक्ने,चाबी खोस्नेलगायत गतिविधि बढेपछि प्रशासनले यस्तो निर्देशन दिएको हो ।

प्रशासनले सूचना जारी गर्दै झण्डावाल सवारी साधन,सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स,दमकलजस्ता अत्यावश्यक सवारी साधनलाई सार्वजनिक बिदाको दिन पास नचाहिने जनाएको छ ।

त्यसैगरी, अत्यावश्यकबाहेकका सरकारी गाडीलाई प्रशासनबाट अनिवार्य पास लिएर मात्र चलाउन सूचित गराइएको छ ।

गृह मन्त्रालयले अस्ति प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर यसका लागि आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको थियो ।

पछिल्लो समय सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाएको भन्दै विभिन्न समूहले वीच बाटोमा रोक्ने र चाबी खोस्नेलगायतका क्रियाकलाप गर्दै आएका थिए ।

टिप्पणीहरू