अटेरी स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयको ताकेता

अटेरी स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयको ताकेता

सबै स्थानीय तहले आर्थिक वर्षको बजेट असार मसान्तसम्म पेश गरिसक्नुपर्छ । तर, आधाजसो स्थानीय तहले अझै बजेट पेश गरेका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय ८३ वटा स्थानीय तहले अझै बजेट पेश नगरेको बताएको छ । मन्त्रालयले समयभित्र बजेट पेश नगर्ने स्थानीय तहलाई संयुक्त पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश दिएको हो ।

कूल सात सय ५३ स्थानीय तहमध्ये हालसम्म पाँच सय ७० वटाले बजेट पेश गरी अद्यावधिक जानकारी उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश १ मा २७, मधेशमा ६१, वागमतीमा २९, गण्डकीमा नौ, लुम्बिनीमा २२, कर्णालीमा १४ र सुदूरपश्चिममा २१ वटा हुन् ।

टिप्पणीहरू