एकैदिन २४ सय ड्राइभरलाई ट्राफिकको पूर्जी

एकैदिन २४ सय ड्राइभरलाई ट्राफिकको पूर्जी

काठमाडौँ उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने झण्डै २४ सय सवारी चालकमाथि कारबाही भएको छ । हिजो उपत्यकाका विभिन्न स्थानमा २३ सय ९७ जना चालकलार्ई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ९२, लेन अनुशासन पालना नगर्ने ११२, रेड लाइटमा सवारी साधन चलाउने ८३, नम्बर प्लेट देखिने गरी नराख्ने २६ जना सवारी चालक छन् ।

यस्तै, अन्य कारवाहीमा २ हजार ८४ जना सवारी चालक परेको ट्राफिक प्रहरीले बताएको छ ।

टिप्पणीहरू