प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणबारे संसदमा कुरो उठ्यो, आईपीएसको सम्मेलनमा सहभागी भएको सांसदहरुको आरोप
सत्तारुढ गठबन्धनमा सामेल दलका सांसदहरूले प्रधानसेनापति प्रभुराम शर्माको अष्ट्रेलिया भ्रमणबारे प्रश्न उठाएका छन् । उहाँ इण्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) को सम्मेलनमा सहभागी हुन अष्ट्रेलिया जानु भएको ठोकुवा गर्दै माओवादी सांसदहरू अञ्जना विशंखे र अमृता थापाले सरकारसँग जवाफ मागेका हुन् ।
आज बसेको प्रतिनिधि सभाबैठकमा विशंखेको भनाई थियो, ‘यही सांसदबाट एमसीसी पारित गराउँदा आईपीएसको अंग होइन भनेर भनिएको थियो । तर आईपीएसको सम्मेलनमा प्रधानसेनापतिलाई किन पठाइयो ? जवाफ चाहियो ।’
अर्की सांसद अमृता थापाले, ‘अस्ट्रेलियाको मेलबर्नमा हिजोदेखि भोलिसम्म हुने सम्मेलनमा प्रधानसेनापतिलाई किन पठाइयो ? रुस, चीन र उत्तर कोरियाविरुद्ध अमेरिकी रणनीति आईपीएसमा सहभागी हुने निर्णय तत्काल सच्चाइयोस्,’ भन्दै सरकारसँग आवश्यक जवाफ मागेकी हुन् ।
टिप्पणीहरू